देश

” संविधान राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो “-रामकुमारी झाँक्री

नवलपुर टुडे
२०७८ जेष्ठ ११ | मध्यान्ह ०१:०२ बजे

जेठ ११, काठमाडौं, । नेकपा (एमाले) बाट निश्काषनमा परेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध मर्यादाहिन टिप्पणी गरेकी छन् । उनले मंगलवार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ” संविधान राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो ” भन्दै टिप्पणी गरेकी छन् ।

पार्टीले निष्काशन गरेपछि आक्रोशित भएकी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री माथि अमर्यादित टिप्पणी गरेकी हुन् । यस अघि पनि झाँक्रीले यस्तै मर्यादा नाघेर टिप्प्णी गरेका कारण उनलाई पक्राउ गरिएको थियो । उनले जनतालाई महामारीमा राखेर सरकारले औषधीदेखि कात्रोसम्ममा भ्रष्टाचार गरेको आरोप समेत लगाईन् ।

उनले अवैधानिक पार्टी र कमिटीले गरेको स्पष्टीकरणको जवाफ दिनुपर्ने कुनै कारण नभएकाले आफुहरुले स्पष्टिकरण नदिएको बाताइन । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको स्पष्टीकरणपत्रको जवाफ दिने कुरा नभएको पनि प्रतिकृया दिइन् । लोकतन्त्र र न्यायका लागि लडेका हरुलाई यस्तो कारबाहीको कुनै अर्थ नहुने उनको भनाइ छ ।

पहिलोपटक संसद् पूनःस्थापना हुनेबित्तिकै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्नेपनि उनले स्मरण गराईन् । उनले संविधानको बर्खिलापमा ओलीले फेरि संसद् विघटन गरेको गम्भीर आरोप लगाईन् । उनले भनिन्“संविधान त यस्तो भयो कि राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो ।” उहाँहरुले मनोमानी ढंगले च्यातचुत र तोडमरोड गरेर फेरि दोस्रो पटक संविधानमाथिको बलात् आ क्रा म ण र संसद्को विघटनको ठाउँमा पुग्यो र यसलाई चाहीँ हामीले के भनेका छौं भने यो राजनीतिक हिसाबले केपी ओलीले गरेको आफ्नो आत्महत्या हो ।

कमेन्टहरु