घटस्थापना पछि ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडे

जगत ठाडा मगर
२०८० कार्तिक २ | बिहान ०८:०७ बजे

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले रातोपाटीलाई बताए ।


















