मुस्ताङमा पनि ६८औ प्रहरी दिवश भब्य रुपमा सम्पन्न


मुस्ताङ । ६८ औ प्रहरी दिवश २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले सो अवसरमा नेपाल प्रहरीका सकल दर्जालाई प्रहरी दिवसको अवसरमा शुभकामना दिदै कर्तब्य पालनको शिलशिलामा प्राणको आहुति दिने अमर प्रहरी प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रमको सुरुमा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले अमर प्रहरीको सम्झनानामा निर्मित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।
साथै सो अबसरमा कार्यक्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ११ जना विभिन्न दर्जाका प्रहरी अधिकृत तथा जवानहरु, विभिन्न खेलमा बिजयी हुने खेलाडीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले अतिथिहरुमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
सो कार्यक्रमको स्वागत प्रहरी निरीक्षक मिलन बिक र दिनेश गौतमले कार्यक्रमको संचालन गरेका थिए भने सो कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार, बिद्यार्थीहरु र प्रहरी कर्मचारीहरुसमेत गरी लगभग १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।























