देश

वीरगन्ज जेसीसद्वारा साहिब दरवार संस्थालाई २५ बोरा चामल र २ कार्टुन तेल सहयोग

जगत ठाडा मगर
२०७८ जेष्ठ ११ | बिहान १०:०२ बजे

बिनोद मण्डल

वीरगन्ज । सरकारले घोषणा गरेको लक डाउन बाट प्रभावित भएकालाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको साहिब दरवार सेवा संस्थालाई जेसिआई परिवारले खाद्यान्न सहयोग गरेको छ । जेसिआइले नेपालभरिका जिल्ला शाखाहरुले लगातार १८ दिनदेखि निशुल्क भोजन उपलब्ध गराइरहेको संस्थाहरुलाई सहयोग गरेको हो ।

आईतबार नेपाल जेसिसका केन्द्रिय तालिम आयुक्त मनिष श्रेठका साथै वीरगन्ज जेसिजका सभापति राजन राउतले संस्थानका संरक्षक राजेशमान सिंहलाई २५ बोरा चामल र २ कार्टुन तेल सहयोग गरेका हुन् ।

देशका विभिन्न भागमा रहेको जेसिसको सहयोगमा उक्त चामल र तेल संस्थालाई हस्तान्तरण गरिएको बुझिएको हो । कोरोना संक्रमण बढिरहेको अवस्थामा दैनिक ज्यालादारी , मजदुर , विपन्न वर्ग लगायतलाई संस्थानले निःशुल्क खानाको बितरण गरिरहेको छ ।

विहान वेलुकी गरी दिनको २ पटक निःशुल्क खानाको व्यवस्था गरिरहेको छ भने शिविर लक डाउन अवधिमा नियमित रुपमा जारी रहने बुझिएको छ ।

कमेन्टहरु