प्रधानन्यायाधीश राणा प्रधानमन्त्रीसँग सवा घण्टाको छलफलपछि राति ११ बजे बालुवाटारबाट बाहिरिए

जगत ठाडा मगर
२०७८ जेष्ठ ११ | बिहान ०९:०२ बजे

जितेश मण्डल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ । राति पौने १० बजे बालुवाटार प्रवेश गरेका प्रधान्यायाधीश राणा ११ बजे बाहिरिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको थियो । प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै सोही गेटबा बाहिरिनुभएको .बालुवाटार निकट स्रोतले पुष्टि गर्यो ।
विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।























