धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

जनमत पार्टी पर्साद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रंजित चौरसिया
२०८० कार्तिक १ | बिहान ०९:०७ बजे

वीरगंज । जनमत पार्टी पर्साले हिन्दु धर्मावलम्बीहरुको महान चाँड दशैं, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लासिक बैंकेट हल वीरगंजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं जनमत पार्टीकी केन्द्रिय राजनीतिक सदस्य करिमा बेगमले दशैं, दिपावली एवं छठ पर्व असत्य माथि सत्यको विजय भएको दिनको सम्झनामा मनाईने भएकोले भव्य एवं सभ्य रुपमा मनाउन आग्रह गरेकी थिईन ।

अहिलेको सरकार भ्रष्टाचारलाई बढावा दिनमा लागेको आरोप लगाउदै नेतृ बेगमले सरकार आफना नेता कार्यकर्ताहरुको पक्षपोषण गर्नमा बढी केन्द्रित देखिएकोले चिन्ता ब्यक्त गरिन । जनमत पार्टीका नेता शशीकपुर मियाँले मुलुकमा अपराधिक गतिविधि, भ्रष्टाचार लगायतका विकृतिहरु मौलाउदै गएकोमा जनमत पार्टीले त्यसता भ्रष्टाचारीहरुलाई कारवाही गराउन सदन देखि सडकबाट आवाज उठाईरहेको बताए । मुलुकमा यस्तै भ्रष्टाचार बढ्दै गए संघियता कमजोर हुने भएकोले भ्रष्टाचारलाई नियन्त्रण गर्नेमा हामी सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

जनमत पर्साका जिल्ला संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरु सिपु तिवारी, मुकेश द्विवेदी, अनिता रौनियार, नजमा खातुन, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, नेताहरु चन्दन चौहान, राजेश चौरसिया, श्याम गुप्ता, सुधिरनाथ पाण्डे, बिध्यालाल प्रसाद, रामनरेश पटेल, उमाशन्कर गुप्ता, जनमत युवा संघका ई.राजुराज गिरी, संजय सिंह, विद्यार्थी नेता विवेक झा, जनमत पत्रकार संघका मुना ठाकुर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टीका नेता राम नरेश पटेलले सहजीकरण गरेको कार्यक्रममा स्वागत मनतव्य युवा नेता मुकेश द्विवेदीले गरेका थिए । सो अवसरमा पार्टीका पर्सा, बाराका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

कमेन्टहरु