रौतहट प्रहरीद्वारा छापा, कारागारको ११४ बोरा चामल बरामद

जगत ठाडा मगर
२०८० अशोज ३० | बिहान १०:०६ बजे

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय एक पसलमा बिक्री भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट गएको टोलीले छापा मारी उक्त परिणामको चामल बरामद गरेको हो।























