लुम्बिनी प्रदेश

रुपन्देही उद्योग संघमा एमाले-कांग्रेसको प्यानल विजयी

नवलपुर टुडे
२०८० अशोज ३० | बिहान ०९:०६ बजे

बुटवल, असोज ३० । रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा एमाले र नेपाली कांग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ ।

संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् । आज विहान सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भएका हुन् ।

अर्का प्रत्यासी माया खनालले २८६ मत प्राप्त गरिन् । यसैगरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा अकौ प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे ।

सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे । सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । 

यसैगरी महिला सदस्यमा (२ जना) मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गरिन् ।

खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहकादुर गोदार (४१५), अभिषेख गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणी तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित भएका छन् । पदाधिकारी तथा सदस्य सबै पदमा एमाले–काँग्रेस प्यानलका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गरे ।

यसअघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् ।

कमेन्टहरु