गण्डकी प्रदेश, समाज

दशैँ तिहारलाई लक्षित गर्दै मुस्ताङमा यात्रु सहायता कक्ष संचालन

जगत ठाडा मगर
२०८० अशोज २९ | बिहान ११:०६ बजे

मुस्ताङ, असोज २९ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आउँदै गरेको दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्लाको घासा जोमसोम र कागबेनीमा यात्रु सहायता कक्ष निर्माण गरी सेवा प्रदान गर्न थालिएको हो ।

यात्रु सहायता कक्षमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी र जनपद प्रहरी समेत खटाई सेवा संचालन गरिएको मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो । यसबाट यात्रुलाई सहायता सहितको सेवा पुगेको उहाँले बताउनुभयो । उक्त कक्षमा दैनिक सवारी साधन र भाडादरको बिषयमा जानकारी सेवा लिन आउने सेवाग्राहीलाई जानकारी गराउने गरिएको छ ।

उक्त यात्रु सहायता कक्ष संचालन भए यता जिल्लाको तिनओटै कक्ष घासाबाट ९० जना, जोमसोमबाट ५ जना र कागबेनीबाट १० जना गरी जम्मा १ ०५ जना यात्रु तथा सेवाग्राहीलाई विभिन्न बिषयमा सेवा दिइएको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

कमेन्टहरु