समाचार

रौतहटको देवाही गोनाही नगरपालिका – ६ मा रक्सी तथा मासुको बिक्रीमा रोक

नवलपुर टुडे
२०८० अशोज २७ | मध्यान्ह ०९:०६ बजे

रौतहट, असोज २७ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्महिया गाउँमा भोलि आइतबारदेखि रक्सी तथा मासु बिक्री वितरणमा रोक लगाइएको छ ।

आज शनिबार भएको सर्वदलिय बैठकबाट भोलि २८ गते घतस्थापनादेखि नवमिसम्म मादक पदार्थ रक्सी बिक्री गर्ने भट्टी तथा मासु कटाईमा रोक लगाइएको दुर्गा पुजा मेला समितिको अध्यक्ष राम एकवाल पंडितले बताएका छन् । उनको अनुसार हिन्दुहरुले मनाउने महान पर्वको रूपमा रहेको दशै अर्थात दुर्गा पुजा । दुर्गा पुजा भव्य तथा सुन्दर वातावरणमा मनाउने उदेश्यले आज सर्वदलिय बैठकमा यी निर्णयहरु सर्वसहमत पारित भएको बताए ।

आज शनिबार बिहानै गाउँमै बसेको सर्वदलिय बैठकमा स्थानीयहरुको सहमतिमा गाउँ क्षेत्र भित्र मादक तथा रक्सी बिक्री गर्ने भट्टी, मासु तथा बाख्रा खुकुरी कटाईमा भोलि आइतबारदेखि नमिसम्मका लागि बिक्री वितरणमा रोक लागाइएको उनले बताए । यो साथै मेलामा पसल संचालन गर्नका लागि एक हाथ जमिनको एक सय (१००) रुपैयाँको दरले शुल्क लाग्ने गरि प्रस्ताव सर्वसहमत पारित भएको मेला समिति अध्यक्ष पंडितले बताए । यो प्रस्ताव बिपरित कार्य भएमा १२ हजार रुपैयाँसम्म दण्ड सवरुप जुरवाना गराइने उनले बताए ।

आज प्रस्तावित भएको निर्णयहरु घटस्थापनादेखि नमिसम्म लागू हुने छन् । उनको अनुसार दुर्गा माताको पुजा भव्य तथा सुन्दर वातावरण र झै झगडा मुक्त गर्ने उदेश्यका साथ यो निर्णयहरु बनाइएको बताए ।

आज भएको बैठकमा देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्मुकुमार दास, वडा अध्यक्ष प्रत्यासी डा. पवन ठाकुर, पुर्व वडा अध्यक्ष अनिलकुमार झा, वडा प्रत्यासी महेश राय यादव तथा मेला समिती सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु