उपराष्ट्रपति यादवलाई डेंगी संक्रमण, राष्ट्रपतिले गरे स्वास्थ्यलाभको कामना

नवलपुर टुडे
२०८० अशोज २५ | बिहान ११:०६ बजे

काठमाडौं, असोज २५ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगी संक्रमण भएको छ । डेंगी संक्रमण पुष्टि भएपछि यादवलाई सिभिल अस्पतालमा भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार बिहान उपराष्ट्रपति यादवलाई फोन गरेर स्वास्थ्यलाभ कामना गरेका छन् । ‘राष्ट्रपतिज्यूले टेलिफोन गरी उपराष्ट्रपतिज्यूसँग कुराकानी गर्नुभयो । उहाँले उपराष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थाको जानकारीसमेत लिनुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्दै आएका छन् ।























