तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीको सरावलमा भन्सार छली ल्याएको कपडा बरामद

नवलपुर टुडे
२०८० अशोज २४ | बिहान ११:०६ बजे

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका- ७ मा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

सरावल गाउँपालिका- ७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकार (डीएसपी) रेशम बोहोराले बताए ।

उक्त बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।

कमेन्टहरु