तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीको रामग्रामबाट साढे नौ लाख बराबरको पटाका पीकअपसहित नियन्त्रणमा

नवलपुर टुडे
२०८० अशोज २३ | मध्यान्ह ०७:०६ बजे

नवलपरासी। पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ । सशस्त्र प्रहरीले मंगलबार जिल्लाको रामग्रामबाट प्रदेश ३००१ च ११३८ नम्बरको पीकअपसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट महेशपुर भन्सार नाका हुँदै  भित्र्याएको पटका बिक्रीका लागी लग्ने क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका नायव उपरीक्षक यज्ञमान साउदले जानकारी दिए ।

बरामद पटकालाई नष्ट गर्ने र जीपलाई महेशपुर भन्सार कार्यालयमा बुझाउने जनाइएको छ । सवारी चालक भने फरार छन् । चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाई छिपाई भित्र्याउने र विभिन्न सहरमा बिक्रीका लागी लग्ने गरिएको प्रहरीले जनाएको छ । 

कमेन्टहरु