देश

सुनेन अवला नारीको कुरा कहिल्यै सुनेन । यो देशमा बहुमतको सरकार नभएको हैन ।

जगत ठाडा मगर
२०७८ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे

नदि नभएको हैन किनार नभएको हैन ।
कुनैबेला तिमीसंग प्यार नभएको हैन ।

के कुरामा चित्त नबुझेर सम्बन्ध बिगार्यौ ?
म तिम्रो भनाई अनुसार नभएको हैन ।

मन बुझ्ने मान्छेले सम्वन्ध बचाई दिन्छ ।
आफैबाट गल्ती बारम्बार नभएको हैन ।

सुनेन अवला नारीको कुरा कहिल्यै सुनेन ।
यो देशमा बहुमतको सरकार नभएको हैन ।

कसम खाएको सधैँ साथ दिन्छु भनेर हो ।
छुट्न सकिने विकल्प हजार नभएको हैन ।

✍️बविता भुजेल, खोटाङ
हाल- बिराटनगर मोरङ

कमेन्टहरु