महोत्तरीको दक्षिणी मटिहानीमा भारतीय व्यापारी र सशस्त्र प्रहरी बीच झडप


बिनोद मण्डल
सिरहा । महोत्तरीको दक्षिणी भागमा अवस्थित मटिहानी नगरपालिका वडा नं ८ मा गएराति प्रहरी र भारतीय व्यापारी बीचमा हानाहान भएको छ ।
मटिहानी २ नम्बर बोर्डरमा रहेको ढाट र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्ष क्षेत्रमा आएर नेपाल प्रवेशको लागि अनुमति माग्दा एक आपसमा विवाद उत्पन्न हुँदा करिब ५०/६० जनाको समूहमा आएका भारतियले प्रहरी जवान माथी ढुंगामुढा प्रहार गरेपछि जबाफमा सशस्त्र प्रहरी करिब आधा घण्टा सीमा रक्षामा लडेका थिए ।
भारतीय व्यापारीहरु करिब ८ जना घाईते भएका छन ।उक्त झडपमा परि प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको लुगा भारतियले च्यातेका छन् । खासगरी बोर्डरमा राती सामान ओसारपोसार गर्ने गराउने परम्परा अनुसार लेनदेनमा हिसाब नमिले पछि खवर बाहिर आउने प्रकृया विगत लामो समयदेखि कायम रहेको छ ।
जे भएपनि साहसका साथ सीमामा लड्ने हाम्रा सुरुक्षा निकायप्रती हामी गर्व गर्नै पर्छ ।























