रोगले भन्दा भोकले कोही नमरुन अभियानका क्रममा तरुण दल


बिनोद मण्डल
काठमाडौ । देशमा राजनीतिक अस्थिरता र कोरोना संक्रमण बढिरहेको अवस्थामा जनता लक डाउनको चपेटामा छट्पटाएको घडीमा सामान्य गुजारा गर्न कठिनाइ उत्पन्न भएको छ ।

राजनीतिक खेलमा लागेका राजनेताहरु जनताको सुरुक्षा व्यवस्था मिलाउनु पर्ने अवस्थामा सरकार ढाल्ने र बनाउने खेलमा व्यस्त आफूलाई जनप्रिय भनाउँदाको चरित्र आम नेपालीले महसुस गरेको छ । दोहोरो चरित्र बोकेका मधेशवादी दलहरु र कालो कर्तुतमा रमाउने कम्युनिष्टहरू यति वेला निर्लज्ज भई खोक्रो आदर्श देखाइरहेका छन् ।

आम गरिबको चुल्होमा आगो कसरी बल्छ भन्ने चिन्ता बोकेका नेताहरु यतिबेला गाउँमा प्रवेश गरेका छन् ।

काभ्रे जिल्लाको भुम्लु ३ मा तरुण दलको सभापती तथा नेपाली कांग्रेसका युवा नेता दावा लामाले ३५० घर परिवारलाई राहत वितरण गर्नु भएको छ । चामल , नुन , दाल, लगायतका दैनिक आवश्यक वस्तुको वितरण गर्नुभएको छ ।

कार्यक्रममा सामाजिक दूरी , सरसफाई लगायतका विषयमा उच्च सतर्कता अपनाई राहत वितरण गरिएको थियो । लामाले आफू जनताको सेवा गर्न गाउँ पसेको बताउनु भएको छ । यस कामप्रति अाम जनता खुशी व्यक्त गरेका छन् ।
























