अर्थ

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ प्रतिसिलिण्डर २१५ ले बढ्यो

नवलपुर टुडे
२०८० अशोज १४ | बिहान ०६:०६ बजे

काठमाडौ,असोज १३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिवार राति १२ः०० बजेपछि लागू हुनेछ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु २११० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर रु १८२.५, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु १८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु १८५ पुगेको छ ।

त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा रु १७६.५, दोस्रो वर्गमा रु १७८ र तेस्रो वर्गमा रु १७९ प्रतिलिटर कायम भएको छ ।
photo 2023 10 01 06 37 26

कमेन्टहरु