देश

एकता लेडिज जेसिसको अध्यक्षमा श्रुती घिमिरे चयन

जगत ठाडा मगर
२०७८ जेष्ठ ९ | मध्यान्ह ०९:०२ बजे

रन्जित चौरासिय
काठमाण्डौ । एकता लेडिज जेसिस, काठमाण्डौको अध्यक्षमा श्रुति घिमिरे सर्वसहमतिबाट चयन हुनु भएको छ ।

कोभीड-१९ को संक्रमण महामारी चलिरहेको समयमा भर्चुअल माध्यमबाट भएको छलफलबाट वर्ष २०७८कोलागि घिमिरेलाई सर्वसम्मतिबाट अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षमा मलिना पाण्डे, सचिवमा एलिसा पौडेललाई चयन गरिएको छ भने अस्मिता पन्त कोषाध्यक्ष पदमा सर्वसम्मतिले चयन हुनु भएको हो ।

नव गठित कार्यसमितिका अध्यक्ष श्रुती घिमिरेले आफ्नो कार्यकालमा जेसिसको सिद्धान्त अनुसार अगाडी बढ्ने तथा समाजिक क्षेत्रमा उच्चतम सेवाभावसहित प्रस्तुत हुने प्रतिवद्धता जनाउनु भयो ।

कमेन्टहरु