धर्म–संस्कृति/रीतिथिति

समाजवादी महिला संघको आयोजनामा जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

नवलपुर टुडे
२०८० अशोज १३ | मध्यान्ह ०४:०६ बजे

महेश सिंह
सिरहा, असोज १३ । समाजवादी महिला संघ नेपालद्वारा सिरहाको लहानमा जितिया पर्वको उपलक्ष्यमा अग्रिम कार्यक्रमको आयोजना गरी शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

महिला संघ नेपालको जिल्ला अध्यक्ष जानकी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा वन तथा वातावरणमन्त्री डा.बिरेन्द्र महतो रहेका थिए । प्रमुख अतिथि महतो भने ‘नारीलाई सम्मान गर्नु पर्छ नारी भएर हामी आज यहाँ छौँ, नारीहरुले गरेको मन्त पर्बको आशीर्वादको कारण हामी कुनै कार्यमा सफल हुन्छौं ।’

उनले थपे ‘जितिया पर्व धेरै ठुलो पर्व हो जसको घरमा सुख शान्ति हुन्छ र परिवारमा एक आपसमा मेलमिलाप हुन्छ त्यो घरको पुरुषको मुखमा छुट्टै मुस्कान हुन्छ ।’ कुनै पनि सफलताको कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नारीको ठुलो भुमिका रहेको चर्चा गर्दै उनले जितिया पर्व निकै ऐतिहासिक पर्वको रूपमा प्रत्येक बर्ष मनाउने गरिएको बताए ।

कार्यक्रममा महिला संघका सम्पुर्ण पदाअधिकारीहरुको उपस्थिति रहेको थियो ।
महिलाहरुले रातो नयाँ बस्त्रमा सिङ्गारिएर एक आपसमा नृत्य गरी रमाइलो गरेका थिए । विभिन्न झाकीहरु प्रस्तुत गरी जितिया पर्वको शुभ कामना अदान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद ललिता दास जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, अर्नमा गाउँपालिका अध्यक्ष अशोक यादव निर्माण यादव, लहान नगर प्रमुख महेश चौधरी, उप -प्रमुख राम चरित्र महतो निर्माण यादव, संजिला यादव, तिरपुरा झा, बिनिता यादव, सुलेखा यादव लगायत सयौं समाजवादी महिलाहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष जानकी यादवले जानकारी दिए ।

कमेन्टहरु