कपिलवस्तुमा निषेधाज्ञा एक हप्ता लम्बियाे

जगत ठाडा मगर
२०७८ जेष्ठ ९ | मध्यान्ह ०९:०२ बजे

घनश्याम यादव
कपिलवस्तु । कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ १० गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १७ गते सोमबार राति १२ बजेसम्म थप गरिएको छ ।

निषेधाज्ञामा अनुमति नलिने सवारी साधानलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताउनु भयो ।

विहान ९ देखि दिउँसो १ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल पसल खुला हुने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
























