समाचार

जानकारी नगराई लामो समय अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन

नवलपुर टुडे
२०८० अशोज १० | बिहान ०७:०६ बजे

काठमाडौं, असोज १० । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि जानकारी नगराई अनुपस्थित प्रहरीलाई तत्काल हाजिर हुन आउन सूचना जारी गरेको छ । 

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम सूचना निकाल्दा समेत कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना जारीगरेर सात दिनभित्र हाजिर हुन भनेको छ । 

“बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरसहित सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला,” सूचनामा उल्लेख छ, “अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०२ को देहाय (ख) (१) बमोजिम सेवाबाट इटाउने कारबाही हुनेछ ।” 

प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित सूचनामा २२ जनाको नाम उल्लेख गरेको छ । प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ सूचनाद्वारा सफाइको मौका प्रदान गरिएको जानकारी गराइएको छ ।
3 1695776163

कमेन्टहरु