पश्चिम नवलपरासीमा संवाद किशोर किशोरी सञ्जालले समाजसेवीहरुकाे सहयोगमा माक्स बितरण


नवलपरासी । आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का समाजसेवी तथा किशोर किशोरीहरुले माक्स बितरण गरेका छन् । नयाँ भेेरियन्ट सहितको कोरोना भाईरसकाे संक्रमण बढ्दै गएकाले समाजसेवीहरुकाे सहयोगमा किशोर किशोरीहरुले आम जनसमुदायमा माक्स बितरण गरेका हुन् ।
समाजसेवी रामप्रवेश कुर्मिकाे आर्थिक सहयोग तथा संवाद किशोर किशोरी सञ्जाल सुस्ता -५ काे संयुक्त टोलीले माक्स वितरण गरिएको हाे । समुदायमा काेराेना भाईरसकाे संक्रमण बढ्दै जादा आम नागरिकहरुलाई काेराेना भाईरसबाट बच्नका लागि माक्स बितरण गरिएको छ ।
स्वास्थ मापदण्डका नियम, सतर्क रहन र स्वास्थ जीवन अपनाउन अनुरोध गर्दै, माक्स बितरण गरिरहेको संजालकी अध्यक्ष रिमा काेहारले बताईन । साथै नयाँ भेरियन्टकाे संक्रमण समुदायमा तिब्र रुपले फैलिदै गएकाे किशोर किशोरी र तिनका अभिभावकहरुलाई सचेत गराउनका लागि सुस्ता गा.पा वर्डा नं ५ रतनगंज चाेकमा समाजसेवी रामप्रवेश कुर्मिकाे सहयोगमा करिब २०० माक्स बितरण गरिएको सञ्जालकी अध्यक्ष काेहारले बताएकी हुन् ।























