पूर्व प्रमुख प्रशासकीय अधिकृत साहको भ्रष्टाचार ढाकछोप गर्न पत्रकारहरूको तछाड मछाड


रौतहट, असोज ६ । रौतहटको कटहरिया नगरपालिकाका पूर्व हाकिम अर्थात् प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले पदीय दुरूपयोग गरी अनेकौँ अनियमितता गरेको समाचार प्रकाशनमा आउन थालेपछि उनको भ्रष्टाचारको ढाकछोप गर्न केही पत्रकारहरु तछाड मछाड गर्न थालेका छन् ।
अवकाश प्राप्त कार्यालय प्रमुख साहले आफ्नो चार वर्षको कार्यकालमा जनताको हकहितमा काम गर्नु भन्दा पदीय मर्यादाविपरीत जसरी पनि पैसा कमाउने दाउमा लागेका थिए ।
सेवा अवधिमा साहले घर घडेरी लगायत महंगा गाडी किन्नु बाहेक केहि नगरेको कटहरिया नगरपालिका वडा नं.६ फतेपुर निवासी मसिन्द्र यादवले आरोप लगाएका छन् । यादवका अनुसार अवकाश प्राप्त कार्यालय प्रमुख साहले सेवा अवधिभर मनोपली गरि लुटतन्त्र मच्चाएको दावी समेत गरेका छन् । त्यति मात्र नभएर उक्त पालिकामा काम गर्ने कर्मचारीहरु पनि उनकै बानी ब्योहोरालाई अनुसरण गरिरहेको आरोप समेत उनले लगाए ।
साहमाथि नगर स्तरीयदेखि अनेकौं योजनाहरुबाट लाखौं रुपैयाँ घोटाला गरेको यादवको आरोप छ । त्यस नगर स्तरीय योजना मध्येबाट आँखाको हेरचाह तथा नि:शुल्क शल्यक्रिया गर्ने योजनामा त झनैं रकम घोटाला गरेको उनले बताए । सो योजनामा त नगरका केहि मानिसहरुको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरेको र लाखौं रकम झ्वाम पारेको उनले बताए ।
नगरपालिकाको पूर्व कार्यलय प्रमुख साह र करारको कर्मचारी संजित साह मिलेर मोतियाबिन्दु भएका बिरामीलाई नि:शुल्क शल्यक्रिया तथा आँखा उपचार गर्नमा २३ लाख भन्दा बढ़ी रकम कागजी प्रकृया पूरा गरेर सकाएका छन् । यी खबरहरू संचारमाध्यममा आउन थालेपछि अवकाश प्राप्त कार्यालय प्रमुख साहले केहि पत्रकारलाई प्रलोभन एवं प्रभावमा पारेपछि बिचौलिया र ठग प्रवृत्तिका पत्रकारहरू उनको बचाऊमा लागेका छन् ।
आफ्नो झुठा कुरा पचाउन केहि दिन शिविर संचालन गरेको र सो शिविर कहिले संचालन गरेको थाहा नै नपाई सकिएको स्थानीय मसिन्द्र यादवले बताए । साहको यो गतिविधिले प्रष्ट हुँदै गईरहेको छ कि दुबै जना मिलि आँखा चेकजाँच र शल्यक्रिया नै नगरी २३ लाख रुपैया झ्वाम पारेको खुल्ला रुपमा देखिरहेको छ । त्यति मात्र नभएर बिगत चार वर्षमा दर्जनौं योजनाहरु कागजमा नै सिमित राखि सोको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको स्थानिय यादवले बताए ।
तर त्यस्ता कार्यहरुलाई ढाकछोप गर्न केही संचारकर्मिहरुले उक्त अवकाश प्राप्त कार्यालय प्रमुखसँग आफ्नो निजि स्वार्थ पूरा गर्न उक्त घटनालाई तथानम भनी दबाउन खोजेको देखिएको छ । पत्रकार देशको चौथौ अंग मानिन्छ तर साह जस्ता भ्रष्ट कार्यालय प्रमुखको कर्तुत बाहिर ल्याउनु भन्दा आर्थिक प्रलोभनमा परेर सो कार्यलाई दबाउन खोज्दा पत्रकारहरुमाथि बिश्वास घट्दै गएको बुद्धिजीवीहरूले गुनासो गरेका छन् ।
केही संचारकर्मीहरुले त्यस्तालाई संरक्षण दिनु कतिको जायज हो ? आमजनताले बिचार गर्नुपर्ने कुरा रहेको उनीहरुले बताए । साथै हालै अवकाश प्राप्त कार्यालय प्रमुख राम प्रकाश साहको सम्पती छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धानको ध्यान आकर्षण होस भन्ने स्थानीयहरूले माग गरेका छन् ।























