देश

नवलपुरको कावासोतीमा बोलेरो दुर्घटना, नेपाली सेनाका ६ जना घाईते

नवलपुर टुडे
२०७८ जेष्ठ ९ | बिहान ०९:०२ बजे

कावासोती । नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । नवलपुरको कावासोतीमा भे १ ज ३८४ नम्बरको जीप दुर्घटना भएको हो ।

पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सल्यानबाट काठमाण्डौ जाँदै गरेको उक्त जीप दुर्घटना हुँदा श्री सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना घाईते भएको र उनीहरुलाई कावासोतीस्थित नवलपुर अस्पतालमा पुर्याएको प्रहरीले जनायो ।

घाईते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं २ का ४० बर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ का ३१ बर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं १ बस्ने बर्ष २८ का मंगल विक, काभ्रेकै बनेपा नगरपालिका वडा नं ८ बस्ने बर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं ६ का बर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं।२ का बर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईते अधिकांशको टाउको, ढाड, हात–खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्य रहेको जनाईएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु