समाचार

मा. बिनोद चौधरीको पहलमा टेलिकमको टावर सञ्चालनमा आएपछि स्थानियमा खुसीयाली

पुरुषोत्तम सुवेदी
२०८० अशोज ६ | बिहान ०९:०६ बजे

नवलपरासी, असोज ६ । संघीय सांसद बिनोद चौधरीको विशेष पहलमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – ४ मा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ ।

टावर स्थापना भएपनि सन्चालनमा आउन नसक्दा त्यहाँको जनताहरुले मोबाइलमा नेटवर्क समस्या हुने हुनाले धेरै सास्ती भोग्नु परेको थियो । मा. चौधरीको पहलमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका आवश्यक सहजीकरण गर्ने निकायमा पहल भएपश्चात उक्त टावर संचालनमा आएको हो ।

यस अगावै त्यस क्षेत्रका केही स्थानमा मोवाईल नेकवर्कको समस्या हुँदा कतीपय स्थानीयले इन्डियन सिम चलाउन बाध्य भएका थिए । उक्त टावर संचालनमा आएपछि त्यहाँको जनतालाई नेपाल टेलिकमको नेटवर्क समस्याबाट निदान मिल्ने भन्दै उक्त कार्यको लागी पहल गर्ने मा. बिनोद चौधरीलाई स्थानियले धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्टहरु