मौसम

गण्डकी प्रदेशसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० अशोज ६ | बिहान ०६:०६ बजे

काठमाडौैं, असोज ६ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको र लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा रातिपनि भारी वर्षाको समेत सम्भावना छ ।

कमेन्टहरु