राष्ट्रपति कार्यालयको वेवसाइटबाट विवाददास्पद जेठ महिनामा अप्लोड गरिएको सूचना गायब


काठमाडौँ । राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ती एकाएक हटाइएको छ ।
धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना राष्ट्रपति कार्यालयको वेबसाइटबाटै हटाइएको हो ।
अहिले राष्ट्रपति कार्यालयको वेबसाइटमा पछिल्लो प्रेस विज्ञप्तीका रूपमा गत बैशाख ३१ गते अपरान्ह ४ बजेर ५३ मिनेट जाँदा अपलोड भएको ‘मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन तथा शपथ ग्रहण’ छ । राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइरहेको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै हटाएको हो ।
शुक्रबार मध्यरातमा जारी गरिएका प्रेस विज्ञप्ति एकाएक राष्ट्रपति कार्यालयले वेबसाइटबाट हटाएको हो । विपक्षी दलहरू राष्ट्रपतिको निर्णय असंवैधानिक भन्दै आज १४९ जनाको हस्ताक्षर र नागरिकता सहित सर्वोच्च अदालन जाने तयारीमा छन् ।























