संविधानको विरोध गर्दै राप्रपा नेपाल पर्साले गर्यो मसाल जुलुस प्रर्दशन


पर्सा, असोज ३ । राप्रपा नेपाल पर्साले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै संविधानको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको छ ।

राप्रपा नेपाल पर्साको पार्टी कार्यालय श्रीपुरबाट निस्केको विरोध र्यालीमा २०७२ सालको संविधानको विरुद्धमा कालो दिन भन्दै “२०७२ सालको संविधान खारिज गर”, “गणतन्त्र मुद्दाबाद, संघियता खारेज गर”, भन्दै नारा लगाउँदै विरोध र्याली गर्दै घण्टाघर चोकमा समापन गरेको थियो । त्यसपछी वीरगंजस्थित पानगलीबाट निस्केको मसाल जुलुस घण्टाघर चोकमा आइ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला दहन गरेको थियो ।

उक्त विरोध प्रदर्शन तथा मसाल जुलुस कार्यक्रम राप्रपा नेपाल पर्साका जिल्ला अध्यक्ष नरेस साहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह महामन्त्री अजय पौडेल, केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, पुनदेव यादव, केदार गौली, पार्टीका जिल्ला उपाध्यक्ष रोसन यादव, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, दिलिप गुप्ता, कोषाध्यक्ष उदित सहनी, सदस्यहरूमा दिपनरायण यादव, बिजय पासवान, महमद मिया, तुलसि यादव, राजेश चौहान, शम्भु घिमिरे, मेहदिहसन, मनोज यादव, हरिनारायण प्रसाद, भिमबहादुर चौरसिया, बिनोद गिरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



















