नेपाली काङ्ग्रेसका युवा नेता राजेश ज्ञवालीले नेपाल प्रेस युनियनलाई माक्स लगायतका सामाग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ ९ | बिहान ०६:०२ बजे

कपिलवस्तु । नेपाली काङ्ग्रेसका युवा नेता राजेश ज्ञवालीले नेपाल प्रेस युनियन कपिलवस्तु शाखालाई कोभिड संक्रमित पत्रकारहरुको लागी च्यवनप्रास , काजु , बदाम , छोहरा , सेनिटाइजर , मास्क , मह , साबुन लगायतका सामानहरु युनियनका सचीव मणि गैरेलाई हस्तान्तरण गर्नु भएको छ ।
काेराेना भाइरसबाट बच्नकाे लागि जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाकाे पालन गर्ने अनि अति अवाश्यक काम पारेको वेलामा घर भन्दा बाहिर निस्किदा सामाजिक दुरी कायम गर्ने , माक्सकाे प्रयोग गर्ने सेनिडाइजरकाे प्रयोग , साबुन पानीबाट नियमित हात धुने जस्ता काम गर्नकाे लागि युवा नेता राजेश ज्ञवालीले अग्रह समेत गर्नु भएको हो ।


















