कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

नवलपुर टुडे
२०८० अशोज २ | मध्यान्ह १२:०६ बजे

कपिलवस्तु, असोज २ । कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् ।
वाणागंगा नगरपालिका – ८ पुलचोकका ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनका छोरा २६ वर्षीय विकास परियार पक्राउ परेका हुन् । विकासलाई सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घरयासी विवादका क्रममा उनले बुबा बल बहादुरलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए । घाइते बल बहादुरको उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






















