अपराध

कपिलवस्तुको विजयनगरमा गरगहना र नगदसहित २ लाख ५० हजार बढीको चोरी 

नवलपुर टुडे
२०८० अशोज २ | बिहान ०७:०६ बजे

कपिलवस्तु, असोज २ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ कडिहारमा बस्ने जाकिर हुसेनको घरमा चोरी भएको छ । गएराति १२ बजेसम्म चोरी नभएको र बिहान ५ बजेतिर घरबाट गरगहना र नगद चोरी भएको थाहा पाएको हुसेनले बताएका छन् । उनले २ हजार नगद, ५ जोर कपडा र गरगहना चोरी भएको बताए ।

हुसेनको घरबाट गरगहना, नगद र लत्ताकपडा गरि २ लाख ५० रुपैयाँ बढीको चोरी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । प्रहरीका अनुसार घरमा सबै परिवार सुति राखेको अवस्थामा चोरी भएको हो । ढोकामा बाहिरबाट चुक्कुल लगाएर अज्ञात व्यक्तिले सुनका गरगहना, लत्ताकपडा र नगद चोरी गरेको हो ।

चोरीमा संलग्नको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

कमेन्टहरु