दुर्घटना

सुनवलमा बस दुर्घटना हुँदा ७ जना घाईते, एकको अवस्था गम्भीर

नवलपुर टुडे
२०८० अशोज १ | मध्यान्ह ०८:०६ बजे

नवलपरासी, असोज १ । पश्चिम नवलपरासीको सुनवलमा बस दुर्घटना हुदा ७ जना घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको छ ।

बुटवलबाट आउँदै गरेको लु १ ख ९२७२ नम्बरको बस सुनवल नगरपालिका- ७ ज्यामिरेमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएका ६ जनाको खैरेनी नगर अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भईसकेको र सुनवल- १० की १६ वर्षीय छाया मगरलाई थप उपचारका लागी बुटवल पठाईएको छ ।

उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहोराले जानकारी दिए ।

कमेन्टहरु