समाचार

न्ह्योखामा लघु कथा प्रशिक्षण कायर्क्रम सम्पन्न

नवलपुर टुडे
२०८० अशोज १ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । मिसा साहित्यकार मुनाको आयोजनामा जन चिकित्सालय भवन, न्ह्योखामा लघु कथा प्रशिक्षण कायर्क्रम भाद्र ३० गते शनिवार भएको छ ।

कार्यक्रममा वरिष्ठ सहित्यकार एवम् समीक्षक ध्रुव मधिकर्मीबाट भएको प्रशिक्षण कार्यक्रममा मिसा साहित्यकार मुनाका सल्लाहकारहरू लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायया डिन डा. मानिक रत्न शाक्य, समालाेचक प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्राज्ञ लक्ष्मी माली वरिष्ठ साहित्यकार एवं समिक्षक ध्रुव मधिकःमिजु कवयित्री प्रतिसरा साय्‌मि साहित्यकार भाजु केशरमान ताम्राकारलाई प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।

मिसा साहित्यकार मुनाकी अन्जना ताम्राकारको सभाअध्यक्ष्यतामा र लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायका डिन डा. मानिकरत्न शाक्यको प्रमुख अतिथ्यतामा भएको थियो ।

कोषाध्यक्ष बिमला मानन्धरले सञ्चालन गरिएको कार्यक्रममा उपाध्यक्ष बिमलप्रभा बज्राचार्यले स्वागत मन्तव्य राखेको थियो भने डा. मानिकरत्न शाक्य र पूर्व प्राज्ञ लक्ष्मी मालीले धारणा राखेको थियो ।

उपाध्यक्ष दिव्या ताम्राकारले ध्रुव मधिकर्मीको परिचय प्रस्तुत गरिएको थियो भने मूवक्ता ध्रुव मधिकर्मीले लघुकथा के हो ? लघु कथाका तत्वहरु के हो ? र लघु कथा कसरी लेख्ने ? आदि बिषयलाई आधार मानेर लेख्नु पर्नेमा बारेमा प्रशिक्षण दिएको थियो । कुनै एक घटना, दृश्य तथा जीवनका कुरालाई छोटोरुपमा कथा बनाएर प्रस्तुत गर्नु नै लघु कथा हो ।

व्याख्या र विवेचना नगरी कुनै पनि लघु कथाका पात्र र छोटो अवधीको सानो क्षेत्रमा बसेर सिधा रुपमा प्रस्तुत गरिने नै लघु कथाकाे बिशेषता रहेको जनाए ।
photo 2023 09 18 16 42 35

photo 2023 09 18 16 42 36

photo 2023 09 18 16 42 38

कमेन्टहरु