समाचार

कपिलवस्तुको बिजयनगरमा पोखरीमा डुबेर बालकको मृत्यु

नवलपुर टुडे
२०८० भदौ ३१ | मध्यान्ह ०३:०५ बजे

नन्द किशोर कुर्मी (लालु)
कपिलवस्तु ,भदौ ३१ । कपिलवस्तुको विजयनगरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका- ७ का बालाजी यादवको छोरा बर्ष ११ का सुरेन्द्र यादव रहेको छ।

उनको मधुनगर साेनवर्सा चोकमा रहेको पाेखरीमा भैसीलाई आहलमा नुहाउन लानेक्रममा शनिबार साझ ५ बजे पोखरीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ठाकुरापुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा भैंसीलाई नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने बताए । उनको शव ठाकुरापुर प्रहरीले सनाखत गरी पोष्टमार्टमको लागि अस्पताल पठाएको जानकारी दिए ।

कमेन्टहरु