मधेश प्रदेश, शिक्षा

बाल दिवसको अवसरमा रौतहटको बौधिमाई नगर स्तरीय हजारी जवाफ प्रतियोगितामा शंकर माबी, सरमुजवा प्रथम

नवलपुर टुडे
२०८० भदौ ३० | बिहान ०९:०५ बजे

दिपेश कुमार शाह
रौतहट, भदौ ३० । ५९औ राष्ट्रिय बाल दिवसको अवसरमा बौधिमाई नगर स्तरीय हाजरी जवाफ प्रतयोगितामा श्री सरमुजवा माध्यामिक बिद्यालय प्रथम भएको छन ।

बाल दिवसको अवसरमा रौतहटमा विभिन्न कार्यक्रम गरी मनाइयो । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस रौतहटमा मनाइएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइदै आईरहेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ्न ।

५९औ राष्ट्रिय बाल दिवसको अवसरमा नगर स्तरीय हाजरी जवाफ प्रतयोगिता गरी, बिद्यार्थीहरु होसला प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख प्रदीप कुमार यादवले बताए । मेयर यादवले नगर स्तरमा पहिलो पटक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको बताए ।

प्रतियोगितामा शंकर माध्यमिक बिद्यालय सरमुजवा प्रथम, शारदा माध्यमिक बिद्यालय पिपरीया दोस्रो, आधार भुत बिद्यालय कोपवा तेस्रो भएको हो ।

प्रमुख अतिथि नगर प्रमुख प्रदीप कुमार यादव विशिष्ट अथिती प्रमिला जसवाल, नगरपालिका प्रमुख प्रशसकिय अधिकृत प्रमोद यादव, शिक्षा संयोजन रमेश राय यादव, वडा अध्यक्ष मुक्ति नरायन मिश्र, बिन्देस्वार यादव, तुरुन्त नरायन यादव, रामजोधी राउत, मनिभुसन पटेल शिक्षक शिक्षीका, पत्रकार लगायत स्थानीय बासीहरुको पनि सहभागी रहेको थियो । कार्यक्रमको अध्यक्षता लक्ष्मी नारायण यादव रहेका थिए ।

 

कमेन्टहरु