लुम्बिनी प्रदेश

तिजमा सार्वजनिक बिदा दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

नवलपुर टुडे
२०८० भदौ २९ | मध्यान्ह ०६:०५ बजे

दाङ, भदौ २९ । लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको गृह मन्त्रालयका अधिकृत माधव शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित जानकारी बमोजिम असोज १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

यस्तै लुम्बिनी सरकारले भदौ ३१ गते बडका अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दियाका थारू समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कमेन्टहरु