समाचार

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

नवलपुर टुडे
२०८० भदौ २८ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ २८ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।

सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै नेम्वाङको शवयात्राको रुट पनि तय भएको एमालेले जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ ।

कमेन्टहरु