मलेसियामा कार्यरत बाराका रामएकवाल माझीको मृत्यु


रामजि प्रजापति
मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक जना नेपाली श्रमिकको असमायिक निधन भएको छ । मृत्यु हुनेमा बारा जिल्ला कोल्हवी नगरपालिका- ५ बलुवामा स्थायी निवासी पाहुन माझीको छोरा रामएकवाल माझी रहेको छ ।
उनको सेप्टेम्बर ११ तारिख राती करिब ०९:०० बजे मृत्यु भएको हो । उनको नेपाली राहदानी नं. ०८३२१०१९ रहेको छ । मृतक वैदेशिक रोजगारको सिलसिलामा बिगत १५ महिनादेखि मलेसियास्थित WISON SHOES INDUSTRIES SDN BHD (Skudai) जोहोरबारु जोहोरमा कार्यरत रहेका थिए ।
उनी बिगत केही दिनदेखि मुख, शरीरको विभिन्न भागमा बेला बेला सुनिने फुल्ने भएर बिरामी परेका थिए । उनी कार्यरत कम्पनीले पनि सक्दो उपचार गराउने र कहिले काहीँ इमर्जेन्सीमा कम्पनीमा कार्यरत नेपाली साथीभाइहरुले समेत क्लिनिक लगिदिएर उपचार गराई दिने गरेका थिए । तर, उनको सोमबार अचानक मृत्यु भएको हो ।























