समाचार लेखेको भन्दै पत्रकार गुप्तामाथि वडा अध्यक्षका छोराले दिए ज्यान मार्ने धम्की


दिपेश कुमार शाह
बारा, भदौ २७ । समाचार लेखेको भन्दै बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्तालाई ज्यान मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन् ।
प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।
त्यहि २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुँमा उनका छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले ‘मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मेसेन्जरमा नानाथरिका गालि गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धाक धम्की दिएको प्रहार डेलि डटकमका संचालक पत्रकार गुप्ताले बताएका छन् ।
साथै सम्पूर्ण प्रमाणहरु आफूसँग सुरक्षित रहेको पत्रकार गुप्ताले बताएका छन् । कानुनी राज्यमा समाचारमा चित नबुझे नियमनकारी निकायमा उजुरी गर्नु पर्ने ठाउँमा पत्रकारलाई गाली गरेर अनावश्यक मानसिक यातना दिई कानुनी राज्यको खिल्ली उडाएको सचेत नागरिकहरुले टिप्पणी गरेका छन् ।























