समाचार

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलबाट बालुवाटार लगियो

नवलपुर टुडे
२०८० भदौ २७ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ, भदौ २७ । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ । 

बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर विदेशबाट आएका दुबै छोराहरूले अन्तिम श्रद्धाञ्जली दिएपछि निजी निवास बालुवाटारतर्फ लगिएको हो । निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिनेछ । 

नेम्वाङको सोमबार राति हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो । उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

कमेन्टहरु