मुकुन्द रिजालको निधनपछि काठमाडौ – १६ को कार्यवाहक अध्यक्षमा पुष्प महर्जन

नवलपुर टुडे
२०८० भदौ २६ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ, भदौ २६ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य पुष्प महर्जनलाई दिइएको छ ।
सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ । सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।
भदौ २१ गते वडाका अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।























