समाचार

नेकपा एसका सल्लाहकार परिषद् सदस्यको हृदयाघातबाट निधन

नवलपुर टुडे
२०८० भदौ २६ | बिहान ११:०५ बजे

काठमाडौँ, भदौ २६ । नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो ।

उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ । 

विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

कमेन्टहरु