मधेश प्रदेश

मधेश प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन

नवलपुर टुडे
२०८० भदौ २६ | बिहान ११:०५ बजे

जनकपुरधाम, भदौ २६ । मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ । मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए ।

उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो । सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

कमेन्टहरु