समाचार

सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नवलपुर टुडे
२०८० भदौ २६ | बिहान ०७:०५ बजे

चितवन, भदौ २६ । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका – ६ स्थित टोपे खोलामा आज बिहान ६ः४५ बजेको समयमा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख बिशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

सडक दुईतर्फी अबरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन लोडर र एक्साभेटर तयारी अवस्थामा रहेको तामाङले बताए ।

कमेन्टहरु