समाचार

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु: सभापति देउवा

नवलपुर टुडे
२०८० भदौ २६ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

मंगलबार राति १ बजे हृदयघातबाट नेम्वाङको निधन भएको हो । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

कमेन्टहरु