देश

ग्रामीण पुलको अवस्था जीर्ण निकाय मौन

जगत ठाडा मगर
२०७८ जेष्ठ ७ | मध्यान्ह ११:०२ बजे

बिनोद मण्डल

सिराहा । सिरहा जिल्लाको दक्षिणी पछिमी भागमा रहेको मिर्चैया नगरपालिका वडा नं २ मलहनिया पिराडी गाउँमा प्रवेशको लागि कमला सिँचाइ आयोजना द्वारा नहरको माथिल्लो भागमा बनाएको पुल करिब ५० बर्ष पुरानो रहेको उक्त पुलको वालहरु जीर्ण भई भत्किन लागेको छ ।

IMG 20210521 235635 335

कमला सिँचाइ आयोजनाको पूर्वी भागमा सिँचाइ सुविधा दिनको लागि मलहनिया पिराडी गाउँको बीच भागबाट जाने नहरको माझमा आवत जावत गर्ने ध्येयले निर्माण गरिएको पुलबाट दैनिक सयौको संख्यामा गाडीहरु ओहोरदोहोर गरिरहँदा पुलले चाप थेग्न नसक्ने स्थितिमा पुगेको देखेर स्थानियले कमला सिँचाइ आयोजनालाई मर्मत र निर्माणको लागि पटक पटक तागेदा गर्दा गर्दा गाउँलेहरू हैरान भएका छन् ।

IMG 20210521 235633 195

पुलको वाल भत्किएकाले केही महिना अगाडि पुलबाट एक बच्चा नहरमा खसेको थियो ।पटक पटक यस पुलबाट साइकल यात्री र बस्तुभाउ दुर्घटनामा परिरहदापनी निकाय संवेदनशील नहुनुले चिन्ता बढेको स्थानियको गुनासो रहिआएको छ ।

यस पुलबाट छिमेकी जिल्ला धनुषाका विभिन्न ठाउँमा आवत जावत गर्न सहजता महसुस गर्दै आएका स्थानियले तत्काल मर्मत नभएको अवस्थामा वर्षा याममा ठूलो चटारो सहनुपर्ने अवस्था भएकोले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

कमेन्टहरु