सिराहामा पत्रकारको घरमा डकैती

जगत ठाडा मगर
२०७८ जेष्ठ ७ | मध्यान्ह ०८:०२ बजे

बिनोद मण्डल
सिराहा । सिरहाको धनगढी माई नगरपालिका वडा नं ५ तिनकोनिका पत्रकार सन्तोष शाहको घरमा बिहीवार राती करिब १२ बजेको समयमा ७/८ जनाको समुहमा आएको डाकाहरुको समुहले शाहलाई डोरीले बाँधेर घरका अन्य सबै सदस्यलाई हतियार देखाई नियन्त्रणमा लिएर दराज फुटाएर ४९ हजार नगद,६ थान मोबाइल ,१ थान ल्यापटप , डेड टोल सुनका गरगहना ,लगायत करिब ६ लाख मूल्य बराबरको सामान लुटेर लागेको प्रहरीले जनाएको छ ।
डाकाहरु भागिसकेपछि छिमेकीको मोबाइलबाट प्रहरीलाई खवर भएपछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय धनगढी र लहानबाट प्रहरी पुगेका थिए । वैशाखदेखि जेठसम्म सिरहामा ३ ठाउँमा डकैती भएको छ भने घटनाको बारेमा अनुसन्धान भइरहेको बुझिएको छ ।























