ख्रीष्टियन धर्मगुरु र चर्च भवनहरु माथिकाे आक्रमणकाे बिषयमा राष्ट्रिय ख्रीष्टियन महासंघको बिज्ञप्ती


काठमाडौं । बिगत केही दिनदेखि लगातार रुपमा अल्पसंख्यक धार्मिक ख्रीष्टियन समुदायमाथि अतिवादी हिन्दु भनिने अराजकहरुले अमानविय ततिकाले धर्म गुरुहरुलाई कुटपिट, कालाेमाेसाे दल्ने तथा चरम भवनहरुमा ताेडफाेट गरेकाे भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सरकारकाे ध्यानाकर्षण गराएकाे छ।
नेपालकाे संविधानमा उल्लेख गरे पनि साेकाे पुर्ण कार्यन्वयन नगर्नाले राज्य नै अल्पसंख्यक समुदायहरुकाे बिरुद्धमा छ तसर्थ सविधानमा उल्लेख भएबमाेजिम आफ्नाे धार्मिक गतिविधि गरिरहेकाे धर्म गुरुहरु र चर्च भवनहरुमाथि गरिएकाे हस्तक्षप र धरपकट, कुटपिटमा जिल्ला प्रशासन र सुरक्षा निकायहरु मुक दर्शक रहेकाे जारी विज्ञप्तिमा महासंघले उल्लेख गरेको छ।
विज्ञप्तिकाे पुर्ण पाठ:
मिति: २०८०/०५/२०
केही हप्ता अघि घरानकाे बिजयपुरस्थित नवनिर्मित चर्च भवन मन्दिरकाे नजिकै बनाएकाे बिषय सँगै जाेडेर गाेरु काटी सामुहिक भाेजकाे कारण सामाजिक सद्भावमा खलल पुग्ने गरी अल्पसङ्ख्यक धार्मिक समुदायमाथि गरिएकाे मिडियाबाजि तथा सामाजिक सञ्जालमा आएकाे अपहेलित शब्दहरु सेलाउन नपाउँदै गत १२ भदाैंमा नवलपरासीकाे रामग्राम नगरपालिका क्षेत्र भित्र पर्ने वडा नम्मर ६ मा सञ्चालित ग्लाेरी चर्च, वडा नमम्बर ४ मा सञ्चालित आराधना चर्च, वडा नम्मर १० मा सञ्चालित साक्षी चर्चमा क्रिश्चियन बिराेधि केही समुहले ताेडफाेड गर्नुका साथै साेही नगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन नयाँ चर्च पुर्ण रुपले ध्वस्त पारिएको छ। उक्त घटनाहरु प्रति राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे गम्भीर ध्यानाकर्षण भएकाे छ। यस्तै,भदाै १८ गत्ते पश्चिम नवलपरासीकाे सुनरीमा चर्च सेवाका लागि जाँदै गरेका धर्म गुरुहरुमाथि कुटपिट गरिनुका साथै कालाे माेसाे समेत दलिएकाे छ। नेपालकाे संबिधान भाग ३ काे २६ उपधारा १,२ र ३ अनुसार याे देशकाे हरेक नागरिकले आफुले चाहेकाे र अवलम्बन गरेकाे धर्मकाे अभ्यास गर्न पाउँने, धार्मिक सम्रचना निर्माण गर्न पाउने तथा धार्मिक गुठि बनाउँन पाउने भनेर स्पष्ट खुलाएकाे छ तर, पछिल्लाे केही समयदेखि अल्प सङ्खिक क्रिस्चिय धार्मिक समुदाय र तिनकाे धार्मिक स्थल मास्ने उद्देश्यले उत्रिएका केहि ब्यक्तिहरु यस्ता घटनाहरु क्रमिक रुपले घटाईरहेकाे हुनाले यस्ता ब्यक्तिहरुकाे पहिचान गरी संबिधानले ताेकिए बमाेजिम कारवाहि नगरिनुले सम्वन्धित जिल्ला प्रशासन तथा जिल्ला सुरक्षा निकाय नै क्रिस्चियनहरुकाे बिरुद्धमा त छैन ? भन्ने शंकाको वातावरण सिर्जना भएकाेछ। मुलुकी अपराध सिंहिता २०७४ को परिच्छेद ९ धारा १५५ धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुने उल्लेख तसर्थ संविधानमा उल्लेख भए बमाेजिम ती ब्यक्तिहरुकाे पहिचान गरी सम्बन्धित सबैलाई कडा भन्दा कडा कार्वाही गरियोस् भनी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल नेपाल सरकार सँग जाेडदार माग गर्दछ। यस्ता कानुन बिपरित कार्य गर्ने ब्यक्ति वा समुहलाई निरुतसाहित गर्दै धार्मिक तथा सामाजिक भेदभाव कायम गराउन सहयाेग र सहकार्य गरिदिन हुन राजनितिक दल, मानव अधिकारकर्मी,अन्तर धार्मिक समुह र पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हार्दिक अपिल गर्दछ।
………………
सि बी गहतराज
केन्द्रीय अध्यक्ष























