बाढी/पहिरो

मुग्लिन नारायणघाट सडकको दुइतर्फी बाटो खुल्यो

नवलपुर टुडे
२०८० भदौ १४ | बिहान १०:०५ बजे
तस्बिरः सौजन्य सडक डिभिजन कार्यालय भरतपुर

मुग्लिन । पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्डको  दुइतर्फी दुइतर्फी बाटो खुलेको छ। आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो।

केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो। पहिरोका कारण करिब २ घण्टा सवारी आवागमन प्रभावित भएको थियो। त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको छ।

कमेन्टहरु