गण्डकी प्रदेश, भ्रष्टाचार

पोखरा विश्वविद्यालयका उपप्राध्यापक बरालविरुद्ध भ्रष्टाचार आरोप

नवलपुर टुडे
२०८० भदौ १२ | मध्यान्ह ०८:०५ बजे

काठमाडौं, भदौ १२ गते । पोखरा विश्वविद्यालयका उपप्राध्यापक  रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार बरालले अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आफैंले गरेको हस्ताक्षरसहितको प्रतिबद्धता विपरीत कार्य गरेको जनाइएको छ । 

बरालले सार्वजनिक सरकारी संस्थाबाट नन्टिचिङ्ग एलाउन्स समेत लिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

कमेन्टहरु